सिन्धुपाल्चोकको हेलम्बुमा बाढी, मानवीय क्षतिको आशंका

लोकपथ
858
Shares

सिन्धुपाल्चोक । मंगलवार दिउँसोदेखि आएको अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँहरुमा बाढीले क्षति पुर्याएको छ ।,

बाढीका कारण जिल्लाको हेलम्बु गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँहरुमा मानवीय र धनजनको क्षति भएको सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार मेलम्ची खानेपानी आयोजना तथा मानव वस्तीमा समेत परेको बाढीले ठूलो जनधनकोे क्षति भएका बुझिएको छ ।
अहिले रात परेकाले केहि क्षतिको आँकलन गर्न नसकिएको उनले भनाइरहेको छ ।

‘दिउँसै देखि आएको बाढीका कारण मानवीय क्षति भएको आंकलन गरिएको छ ।अहिले रात धेरै परेको हुनाले कोहि जान सक्ने अवस्था छैन। भोलि बिहानै हामी त्यस तर्फ जाने तयारी गरेका छौ। त्यसको तथ्यांक भोलि मात्रै आउँछ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?