काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा सरकारमा नजाने प्रष्ट पारेका छन् ।
अध्यक्ष थापाले राप्रपाबारे भ्रम रहेको भन्दै मंगलवार सामाजिक सञ्जालमार्फत् आफुहरु सरकारमा नजाने स्पष्ट पारेका हुन् । राप्रपा पटक पटक सरकारमा गएको मतदातालाई चित्त नबुझेको र प्रत्युत्पादक भएको भन्दै अब त्यो गल्ती नगर्ने बताए । ‘पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन’ अध्यक्ष थापाले भने, ‘त्यो प्रत्युत्पादक भयो,गल्ति भयो,अब गल्ति दोहरिने छैन ।’
थापाले राप्रपा सरकारमा गएपनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा नछोडेको र आगामी दिनमा पनि एजेण्डा नछोड्ने बताए । उनले भने, ‘सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोडने छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया