१० कार्तिक २०७८, बुधबार

हिन्दुराष्ट्रको निमित्त जनमत संग्रह, नभए आन्दोलन :- कमल थापा

२०७४,आश्विन,२१,शनिवार ११:२१

0
Shares

काठमाडौं, २१ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले आगामी संघ र प्रदेशको निर्बाचन संगसंगै हिन्दुराष्ट्रको बिषयमा जनमत संग्रह हुनुपर्ने माग गरेका छन् । जनमत संग्रहको निमित्त जनदबाब सिर्जना गर्न देशब्यापी सभा र जूलूस आयोजना गर्ने बताउदै थापाले यसबाट माग सम्बोधन नभए सडक आन्दोलनबाटै नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिने बताएका छन् ।
हिन्दुत्व पुजापाठ वा कर्मकान्डी बिषय मात्र नभयर जीवन पद्धति भयको उनको धारणा थियो । हिन्दु धर्ममा पनि धेरै कमि कमजोरी , बिकृती बिसङ्गती रहेको स्विकार्दै थापाले छुवाछूत र भेदभावको अत्य हुनु पर्नेमा जोड दिए । थापाले हिन्दुत्व नेपालको पहिचानको बिषय भएको चर्चा गर्दै सबै धर्म प्रती सम्मान रहेको स्पष्ट पारे ।
सर्बधर्म समभाब र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र राप्रपाको माग हो थापाले भने । सो अबसरमा पार्टीको भातृ संगठनको रुपमा “नेपाल सनातन धर्म सस्कृती संगठन” को पनि बिधिबत उद्घाटन भएको छ । विभिन्न धार्मिक गुरुहरुको उपस्थितिमा भएको कार्यक्रममा नेपाली बाबाले संगठनको उद्घाटन गरे । पुष्पराज पुरुषको संयोजकत्वमा १०१ सदस्यीय तदर्थ समिती घोषणा गरिएको छ ।

 

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ११:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्। आज महेन्द्रनगरस्थित मझगाउँ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरी भित्र केही सुधारका काम गर्न लागेको बताएका छन् । बुधवार

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन पार्टीको बैठकका लागि प्रयोग हुन लागेको छ । सरकारमा रहेको एकीकृत

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार आगामी मंसिर २७ देखि

ताजा समाचार