कालीगण्डकी करिडोर र बागलुङ – बेनी सडक अवरुद्ध

RSS
91
Shares

गलकोट । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको बागलुङखण्ड पहिराका कारण अवरुद्ध भएको छ ।

निरन्तरको पहिराले करिडोरको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडकको माथिबाट खसेको पहिराले सडक अवरुद्ध भएको र निरन्तरको वर्षात्का कारण पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

यस्तै निरतरको वर्षात्का कारण बागलुङदेखि म्याग्दीको बेनी जोड्ने सडक अवरुद्ध भएको छ । बागलुङ –५ कुडुँले नजीकै सडकमाथिबाट आएको पहिराले बागलुङ –बेनी सडक अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?