हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
91
Shares

१. बितेको २४ घण्टामा गरिएको १३ हजार २९० परीक्षणमा २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार १ सय ८७ जना संक्रमणमुक्त, ४१ जनाको मृत्यु

२.निषेधाज्ञा खुलेको ३० दिनभित्र कर लिनू भन्ने सर्वोच्चको आदेशविरुद्ध सरकारको ‘भ्याकेट निवेदन’, कर असुल गर्न समस्या सिर्जना भएको भन्दै अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभाग सर्वोच्च पुगे

३. निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको भनाई, महन्थ ठाकुर पक्षले स्वागत गर्यो सोही निर्णय

४. नेतृत्वहरुप्रति युवाको वितृष्णा कम गर्ने गरि काम गर्न गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेललाई कांग्रेस प्रवक्ता शर्माको सुझाव, इमान पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्न अनुरोध

५. कर्णाली प्रदेशमा बजेट ल्याउने बाटो खुल्यो, नीति तथा कार्यक्रम बहुमतले पारित

६. अविरल वर्षाका कारण नारायणी नदिमा पानीको सतहले चेतावनीको तह पार गर्यो, सर्तकता अपनाउन चितवन प्रशासनको आग्रह

७.लगातारको वर्षाका कारण डोटीको भीमदत्त, बझाङको जयपृथ्वी अछामको साँफेबगर– बाजुरा मार्तडी र बाजुराकै मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध, पहिरोका कारण कर्णाली राजमार्ग पनि अवरुद्ध

८. ४ दिनदेखी बेपत्ता भएका तनहुँ ब्यास नगरपालिकाका ५२ वर्षिय सन्त बहादुर घर्तीको शव जंगलमा फेला, मृत अवस्थामा फेला परेका घर्तीको घटनाबारे अनुसन्धान हुँदै

९. एसईई परीक्षामा आन्तरिक मूल्यांकनबाट ८० प्रतिशतभन्दा बढी अंक दिइए कारण खुलाउनुपर्ने, विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ जारी

१०. रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी लोक सेवा आयोगले आन्तरिक तयारी थाल्यो, एक महिना समय राखेर सूचना निकालिने

११. तत्कालै सहयोग नपुगे इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा पुग्ने, ५६ हजार बालबालिकाको अवस्था नाजुक

१२. शेयर मूल्यमा अस्वभाविक उतावचढाव भएको ५१ वटा कम्पनीहरुमा लगानीकर्ताको ठूलो लगानी जोखिममा पर्ने, शेयर मूल्यमा अप्राकृतिक वृद्धि गराई कारोबार भएको खुलाशा

१३. अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा सकेसम्म छिट्टै कोरोनाको भ्याक्सीन लगाउन आफ्ना नागरिकलाई आग्रह, ६४.५ प्रतिशत अमेरिकीले खोपको एक मात्रा लगाइसकेको जानकारी

१४. युरो कप २०२० अन्तर्गत शनिवार राति भएको डेनमार्क र फिनल्याण्डबिचको खेलमा मैदानमा ढलेका क्रिस्टियन एरिक्सनको स्वास्थ्य सुधार हुँदै, अस्पतालबाटै शुभचिन्तकलाई भने धन्यवाद्

१५. फिफा वरियताको अंक तालिकामा नेपालले सुधार्यो ३ अंक, नयाँ वरियतामा नेपाल १ सय ६८ औं स्थानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?