प्रदेश १ बजेट : ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ विनियोजन, कुन क्षेत्र प्राथमिकतामा ? (पूर्णपाठ)

लोकपथ
208
Shares

काठमाडौं । प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलवार प्रदेशसभामा पेस गरेका हुन् ।

प्रदेश सरकारले चालू खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ ।

त्यसैगरी प्रदेशमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । यस क्षेत्रका लागि ३ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाङले प्रदेशसभामा बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्र प्राथमिकतामा रहेको र यस क्षेत्रका लागि आवश्यक बजेट छुट्याएको बताएका हुन् ।

बजेटमा मेची अस्पताललाई दुई सय, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक/एक सय तथा अन्य जिल्ला अस्पताललाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने योजना उललेख गरिएको छ । त्यस्तै,कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले ४४ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी, प्रदेश सरकारले कृषि क्षेत्रमा २ अर्ब ९० करोड बजेट विनियोजन गरेको छ भने शिक्षा क्षेत्रमा १ अर्ब १९ करोड छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?