काठमाडौं । कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३४ हजार ६ सय ५ पुगेको छ ।
देशभर गरिएको कुल १३ हजार २ सय ९० जनाको परीक्षणमा सो परिमाणमा संक्रमित थपिएका हुन् । जसमध्ये १ हजार ६ सय ८१ जनाको पीसीआर र १ हजार ६४ जनाको एन्टीजेन पोजेटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कुल संक्रमितमध्ये ८८ दशमलव ३ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार हाल नेपालमा २४ लाख ३८ हजार १ सय २७ जनालाई पहिलो चरण र ६ लाख ९१ हजार ४ सय ९५ जनालाई दोस्रो चरणमा कोरोना विरुद्धको खोप लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया