कर्णाली प्रदेशमा बजेट ल्याउने बाटो खुल्यो : नीति तथा कार्यक्रम बहुमतले पारित

लोकपथ
143
Shares

काठमाडौं । कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मंगलवार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले आज २०७८/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । त्यससँगै सरकारले आगामी आर्थिक वर्ष ल्याउने बाटो खुलेको छ ।

त्यसैगरी आज नै सरकारले आगामी आर्थिक वर्षको बजेट समेत पेश गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रम पास भएसँगै एक घण्टाको लागि बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?