काठमाडौं । तनहुँमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
ब्यास नगरपालिका-११ शेरा बस्ने ५२ वर्षीय सन्त बहादुर घर्ती सोही ठाउँस्थित बाघेचौर जंगलमा सोमवार मृत अवस्थामा फेला परेका छन् ।
जेठ २९ गतेदेखि हराई रहेका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया