बाटोमा चिप्लिएर ५२ वर्षीय राईको मृत्यु

ईलाम । ईलाम फाकफोकथुम गाँउपालिका २ कोलबोटे का ५२ वर्षीय लाल बहादुर राईको लडेर मृत्यु भएको छ ।

सोमवार बेलुका ५ बजे गाँउबाट घर फर्कने क्रममा घर नजिकै चिप्लिएर बाटोबाट अदान्जी ७ मिटर तल खसेर मृत्यु भएको अबस्थामा स्थानियले फेला पारेका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?