युरो कप खेल १० : स्पेन र स्वीडेनले खेले गोलरहित बराबरीको खेल

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत गए राति खेलिएको समुह ‘ई’को खेलमा स्पेन र स्वीडेनले गोलरहित बराबरीको खेल खेलेका छन्।

स्पेनको घरेलु मैदान ‘सेभिल’मा भएको खेलमा घरेलु टोलीले अधिकांश समय बल पोसेसनमा कब्जा जमाए पनि गोल भने गर्न सकेन। खेलमा स्पेनले ८५ प्रतिशत बल पोसेसन राख्न सफल भएको थियो।

 

दोस्रो हाफमा स्वीडेनले सुवर्ण मौका पायो। एलेक्जेन्डर आइज्याकको सुन्दर क्रसमा वर्गले गोल गर्न नसक्दा स्वीडेन खेलमा अग्रता लिन चुक्यो।

खेलको अन्तिम समयमा स्पेनका स्ट्राइकर जेरार्ड मोरेनोले केही अवसरहरू सिर्जना गरेपनि गोल हुन नसक्दा दुवै टोलीले गोलरहित बराबरी खेल्दै समान १-१ अंक बाँडेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?