यस्तो छ खाडी मुलुक साउदी अरबमा कोरोनाको पछिल्लो अवस्था

लोकपथ
217
Shares

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ७ हजार ५ सय ९० जना मानिसको ज्यान गइसकेको छ । भने ४ लाख ६६ हजार ९ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ भने आजै १ हजार १ सय ९ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ४ लाख ४९ हजार २ सय ४१ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने १ हजार ५ सय ९६ जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण हालसम्म विश्वभर १७ करोड ६८ लाख ४१ हजार ८ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म १६ करोड ९ लाख ४० हजार ८ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै हालसम्म विश्वभर कोरोनाका कारण ३८ लाख २२ हजार ९१ जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?