युरो कप खेल ८ : स्कटल्यान्ड माथि चेक गणतन्त्रको जित, ‘शिक’ले ४९.७ यार्ड परबाट गरे गोल

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत समूह ‘डी’को खेलमा चेक गणतन्त्रले स्कटल्यान्डलाई २-० गोलले पराजित गरेको छ।

स्कटल्यान्डको ‘ग्लासगो’मा भएको खेलमा चेक गणतन्त्रका प्याट्रिक शिकले दुई शानदार गोल गर्न सफल भए। पहिलो हाफको ४२औं मिनेटमा चेक गणतन्त्रले पाएको ‘कर्नर किक’मा शिकले हेडर गोल गरेका थिए।

त्यस्तै खेलको ५२औं मिनेटमा शिकले व्यक्तिगत दोस्रो गोल गरे। उनले मैदानको ४९.७ यार्ड परबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो।

खेलमा घरेलु टोली स्कटल्यान्डले धेरै अवसरहरू सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा खेल चेक गणतन्त्रको पक्षमा २-० गोलले गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?