देउवा, दाहाल र नेपालबीच भेटवार्ता

लोकपथ
119
Shares

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल जारी छ ।

 

देउवा र दाहाल नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् । नेपाललाई भेट्न पहिला देउवा र त्यसको केहीबेर पछि दाहाल पुगेका हुन् ।

तीन नेताबीच देशको पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल भइरहेको बताइएको छ । एमालेका दोस्रो तहका नेताहरु पार्टी एकताका लागि छलफलमा रहेकै बेला देउवा र दाहाल नेपाललाई भेट्न पुगेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?