फिल्म ‘लिलीबिली’ ले पोस्टर सार्वजनिक गर्‍यो

काठमाडौं, ७ चैत – चल्तीका अभिनेता प्रदीप भट्टराईले अभिनय गरेको चलचित्र ‘लिलीबिली’ टिमले रिलिज छेकोमा पोस्टर सार्वजनिक गरेको छ ।दुई गीत र सिनेमाको ट्रेलर यसअघि नै रिलिज गरेको चलचित्र आउँदो चैत्र ३० गते रिलिज हुँदैछ । सार्वजनिक गरिएका पोस्टरमा अभिनेता प्रदीप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रलाई गोविन्द शाही र सुदीप खड्काले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?