काठमाडौं । भारतमा ६० वर्षीया वृद्धाको यौन शोषणपछि हत्या भएको छ । पूर्वी दिल्लीको अशोक नगर इलाकामा ६० वर्षीया वृद्धाको यौन शोषणपछि हत्या भएको हो ।
भारतीय प्रहरीले हत्यामा संलग्न रहेका विपिन नामका एक पुरुषलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट प्रहरीले चक्कु बरमद गरेको छ ।
मृतक ६० वर्षीया वृद्धाको शरीरमा चक्कुको २० वटा भन्दा बढी निशान भेटिएको भारतीय प्रहरीले बताएको छ ।
पिडीत महिलाका छोरा जब कामबाट घर फर्कीए तब घरको ढोका खुल्लै थियो । भित्र गएर हेर्दा उनले आमालाई रगतमा लतपत भएको अवस्थमा भूइमा ढलेको देखे । आमाको शरीरमा एउटा पनि कपडा नभएको र ज्यान भरी चक्कुको निशान देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले अनुसन्धानबाट हत्यामा संलग्न अभियुक्तको पत्ता लगाएको छ । मृतक वृद्धाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया