युरो कप २०२०: आज तीन खेल, अन्तिम खेलमा स्पेन र स्वीडेन भिड्दै

काठमाडौं। युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्।

समुह ‘डी’बाट दुई टोली र समुह ‘ई’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२:४५ मा किकअफ हुने तालिका रहेको छ।

आजका तीन खेल

१. स्कटल्यान्डविरुद्ध चेक गणतन्त्र

समुह: डी
नेपाली समय: साँझ ६:४५
स्थान: ह्यामडेन पार्क, ग्लासगो, स्कटल्यान्ड
दर्शक: १३,००० अपेक्षित
प्लेयर्स टू वाच: एन्डी रोबर्टसन (स्कटल्यान्ड), थोमस सुचेक (चेक गणतन्त्र)

 

२. पोल्याण्डविरुद्ध स्लोभाकिया

समुह: ई
नेपाली समय: बेलुकी ९:४५
स्थान: सेन्ट पिटर्सबर्ग एरेना, रसिया
दर्शक: ३४,००० अपेक्षित
प्लेयर्स टू वाच: रोबर्ट लेवान्डोस्की (पोल्याण्ड), मारेक हामसिक (स्लोभाकिया)

 

३. स्पेनविरुद्ध स्वीडेन

समुह: ई
नेपाली समय: मध्यरात १२:४५
स्थान: सेभिल, स्पेन
दर्शक: ३०,००० अपेक्षित
प्लेयर्स टू वाच: थियागो (स्पेन) एमिल फोर्सबर्ग (स्वीडेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?