सभामुख सापकोटाको सिन्धुपाल्चोक भ्रमण : स्वास्थ्य सामाग्री हस्तान्तरणदेखि विपद् जोखिम न्यूनिकरणबारे छलफल (तस्वीरसहित)

लोकपथ
70
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गृह जिल्ला सिन्धुपाल्चोकमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

सभामुख सापकोटाले जिल्लाको बलेफी गाउँपालिकास्थित जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकन गरि विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

उनले जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकन पश्चात केन्द्रलाई एक्स्रे मेसिन लगायत अन्त्य महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ ।

त्यसैक्रममा उनले स्थानीय प्रर्वाधार विकास साझेदारी कार्यक्रमबाट केन्द्रका लागि १५ लाख रुपैयाँ समेत उपलब्ध गराएका छन् ।

सभामुख सापकोटाले जिल्लाको बाह्रबिसे नगरपालिकामा पुगेर प्रमुख तथा उपप्रमुखहरुसँग भेटघाट गरि कोरोना महामारी साथै विपद् जोखिम न्यूनिकरणका लागि पूर्व तयारी बारेमा समेत छलफल गरेका छन् । सभामुख सापकोटाले विपद् जोखिम न्यूनिकरणका लागि आफ्नो तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?