काठमाडौं । कोरोनाका कारण नेपालमा थप ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ८ हजार ४ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ । त्यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्यामा पनि कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ८ सय ४ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ८ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १४ हजार ८ सय १९ परीक्षणबाट सो परिमाणमा संक्रमितहरु थपिएका हुन् । जसमध्ये २ हजार ४९ जनाको पीसीआर पोजेटिभ र ८ सय ६९ जनाको एन्टीजेन पोजेटिभ आएको हो ।
मन्त्रायलका अनुसार पछिल्लो २४ घण्टामा देशभर कुल ५ हजार १ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया