शेयर बजारमा ऐतिहासिक रेकर्ड : ३ हजार २५ मा पुगेर रोकियो परिसुचक

लोकपथ
169
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमवार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

आज बजार ४२.७२ अंकले बढेसँगै नेप्से परिसुचक ३ हजार भन्दा बढीमा गएर रोकिएको छ ।

शेयर कारोबार मापक नेप्सेका अनुसार आज बजार ३ हजार २५ अंकमा बन्द भएको छ । जुन हालसम्मकै उच्च हो ।

आज दिनभरीमा १८ अर्ब ८८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै, २२१ कम्पनीको शेयर कारोबार भएकोमा सबैभन्दा बढी सिद्धार्थ बैंकको मूल्य बढेको छ ।

यसपछि लक्ष्मी, सनराइज, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, नेपाल एसबीआइ र सेञ्चुरी बैंकको मूल्य बढेको छ । जसले गर्दा शेयर कारोबारमा एैतिहारिक उचाई हासिल गर्न सफल भएको हो । सोमवारको नेपाल इन्स्योरेन्स, खानीखोला, जोशी, घलेम्दी, ङादी, ओरेन्टल होटल, सीइडीबी हाइड्रो, तारागाउँ रिजेन्सी (ह्यात) को सेयर मूल्यमा बढेर सर्किट लागेको छ । होटल तथा पर्यटन क्षेत्रको सूचक १५८ अंकले बढेको नेप्सेले जनाएको छ ।

यसैगरी सोमवार व्यापार, विकास बैंक, जलविद्युत, अन्य, जीवन बीमा र सामूहिक लगानी कोष समूह घटेको छ । विकास बैंकहरुको कारोबार ५६ अंकले घटेको छ । तर सिन्धु विकास बैंक, कर्णाली विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको मूल्य बढेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?