डा. विपिन नेपालसँग रगतका रोचक कुरा (भिडियोसहित)

लोकपथ
7.5k
Shares

रगत सम्बन्धी मानिसमा धेरै किसिमको विश्वास रहेको छ । आम मानिसमा रगत प्रति रहेको यो विश्वासलाई विज्ञानको अनुसन्धानले पुष्टि गर्न अझै सकेको छैन । जसको कारण चिकित्सा विज्ञानको क्षेत्रले त्यसलाई भ्रम मान्ने गरेको छ ।

हाम्रो समाजमा मात्र नभएर अन्य समाजमा पनि रक्त समूह अनुसार मानिसको स्वभाव फरक हुन्छ, यो–यो रक्त समूह बिच विवाह भएमा सन्तान राम्रो जन्मिन्छन्, एकै परिवार बिच विवाह हुँदा रगत गाढा हुन्छ, रक्तदान गरेमा शरीर कमजोर हुन्छ भन्ने जस्ता यावत किसिमका भ्रमहरू रहेको छ । यो विषयलाई चिकित्सा विज्ञानले के भन्छ भन्ने विषयमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका रक्त सञ्चार विशेषज्ञ डा. विपिन नेपालसँग लोकपथले कुराकानी गरेको छ ।

कुराकानीको क्रममा डा. नेपालले रगतमा मानिसलाई जोगाउने तत्त्व पनि हुन्छ भने मृत्यु वरण गराउने कारक तत्त्व पनि हुन्छ । रगतबाटै मानिसलाई बचाउने धेरै किसिमका औषधिहरू निर्माण भइरहेको अवस्थामा नेपालमा भने हालै रगतलाई छुट्याउने प्रविधिको विकास भएको उनी बताउँछन् ।

गत वर्ष कोरोना सङ्क्रमणको पहिलो महामारी हुँदा डा. नेपाल र उनको समूहले कोरोना सङ्क्रमित भएर निको भएका व्यक्तिको दान गरेको रगतबाट प्लाज्मा झिकेर अन्य कोरोना सङ्क्रमित व्यक्तिलाई बचाउन महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो । अनुसन्धानकै क्रममा रहेको यो चिकित्सा विधिलाई अहिले नकारेर महँगो शुल्क पर्ने औषधि दिएर कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । डा. नेपाल भन्नुहुन्छ– उक्त औषधि पनि परीक्षणकै क्रममा रहेको छ । प्लाज्मा थेरापी औषधी भन्दा सस्तो पर्ने हुनाले व्यापारीहरूको दबाबमा विस्थापित गरियो ।

रगतका विविध विषयमा केन्द्रित रहेर लोकपथले गरेको कुराकानीको भिडियो अंश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?