आफ्नै बाबुलाई दाउरा प्रहार गर्ने छोरा पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । दाङमा घरायसी विवादको कारण आफ्नै बाबुलाई दाउरा प्रहार गर्ने छोरा पक्राउ परेका छन् । लमही नगरपालिका-१ नर्ति बस्ने ५५ वर्षीय बासुदेब चौधरी दाउरा प्रहारबाट आइतवार गम्भीर घाइते भएका हुन् ।

घरायसी विवादको कारण आफ्नै छोरा २५ वर्षीय ओम प्रकाश चौधरीले दाउरा प्रहार गर्दा बासुदेब गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ओम प्रकाशलाई नियन्त्रणमा
लिएको छ ।

घाइतेलाई उपचारको लागि स्थानीय सुसिल पोलिक्लिनिक नर्तिमा पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?