युरोकप हेर्दा विवाद : झगडा गर्ने खेलाडी र होटल संचालक पक्राउ

लोकपथ
663
Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलमा युरोकप फुटबल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ ।

जेठ ३० गते बिहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटबलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

युनाइटेड बिजनेस होटलका संचालक भोजपुर घर भएका अश्विन श्रेष्ठ सहितलाई प्रहरीले पक्रेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?