युरो कप खेल ५ : स्टरलिङको गोलमा इङ्ल्यान्ड विजयी

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत पाँचौं खेलमा इङ्गल्याण्डले बलियो प्रतिद्वन्दी क्रोएसियालाई १-० गोल अन्तरले पराजित गरेको छ।

भर्खरै सम्पन्न समुह ‘डी’को खेलमा एकमात्र गोल रहिम स्टरलिङले गरे। लन्डनको ‘वेम्बली’ मैदानमा भएको खेलको ५७औं मिनेटमा स्टरलिङले गोल गरेका थिए। उनले क्यालभिन फिलिप्सको शानदार पासमा गोल गर्न सफल भएका हुन। त्यसपछि सन् २०१८ को फिफा विश्वकप उप-विजेता क्रोएसियाले खेलमा फर्किन धेरै अवसरहरु सिर्जना गर्दा पनि गोल भने गर्न सकेन।

बलियो मानिएको क्रोएसियालाई पराजित गरेको इङ्ल्यान्ड समुह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ। समुह ‘डी’ अन्तर्गत स्कटल्यान्ड र चेक गणतन्त्र बिचको खेल भोलि खेलिने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?