सुख्खा हावाका कारण छालाको सौन्दर्यमा पर्ने प्रतिकुल असर

सुख्खा हावा । छालाको सौन्दर्यलाई यस्तो प्रतिकुलताबाट जोगाउन निकै गाह्रो हुन्छ । किनभने, यो मौसममा हावा सुख्खा हुन्छ । त्यसले छालाको नरमपन पनि नष्ट गरिदिन्छ ।यस्तो अवस्थामा छालाको सफाई सँगसँगै त्यसलाई रसिलो र नरम राख्नुपर्ने हुन्छ ।छालामा एक प्रकारको रक्षात्मक तत्व हुन्छ, जसले वायुमा लुकेको फ्याट एवं चिल्लोबाट छालालाई सुरक्षा प्रदान गर्छ । त्यसैले यी रक्षात्मक तन्त्रलाई बलियो बनाउनको लागि यस्ता उपाय अपनाउन सकिन्छ, जसले छालालाई सुन्दर बनाइराख्न मद्दत गर्छ ।– सुख्खा हावा तथा हावामा रहेको विषाक्तताका कारण छाला चाँडै सुख्खा हुने गर्छ । जसले गर्दा वायुमा रहेको विषक्तता शरीरमा सिधै प्रवेश गर्छ । राम्रो कम्पनीको क्लिन्जरको प्रयोगले छालामा भएको विषाक्तता हटाउछ र छालालाई सफा राख्छ ।– प्रशस्त मात्रामा पानीको सेवनले छाला सुख्खा हुन पाउँदैन । पानीले शरीरमा भएको विषाक्ततालाई सफा गरेर छालालाई स्वस्थय राख्न मद्दत गर्छ । पानीले पेटको कब्जियत हटाएर शरीर सुख्खा हुन दिँदैन ।– छालालाई सफा र स्वस्थ्य राख्न स्किन टोनरको भूमिका महत्वूर्ण रहने गर्दछ । यसले छालाको तेल र धुलोलाई हटाएर छालालाई कुनै प्रकारको विषाक्तता रहन दिँदैन ।– यस्ता टोनर शरीरको जुनसुकै अंगमा पनि लगाउन सकिन्छ । दिनमा दुई पटकसम्म हल्का हातले टोनरलाइए छालामा स्क्रब गर्नाले छाला धुलो तथा तेलमुक्त रहन्छ ।– छालामा मोस्इचराईजरको सट्टा फेसियल तेलको प्रयोग गर्नुपर्छ । यसले छालालाई हानीकारण तत्व प्रवेश गर्नबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?