दिनभरका मुख्य समाचारहरु छुटाउनु भयो कि ? हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
161
Shares

१. काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्ब्याइयो, निषेधाज्ञा केही खुकुलो बनाइयो खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने ।

२. आइतबार नेपालमा कोरोनाका २ हजार ४ सय ७ नयाँ संक्रमित थपिए,४६ जनाको मृत्यु,पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना संक्रमणमुक्त

३. लुम्विनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित, सुम्विनी सरकारलाई बजेट ल्याउने बाटो खुल्यो ।

४. कांग्रेसलाई १४ औं महाधिवेशन गर्न सकस, क्रियाशील सदस्यता बिवाद अझै टुंगो लाग्न सकेन ।

५. गण्डकी प्रदेश सरकारको प्रवक्तामा कुमार खड्कालाई तोकियो,कार्यविधि बनाएर पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सरकारी सेवा सुविधा उपलब्ध गराइने ।

६. कैलालीको टीकापुर विमानस्थल अलपत्र, विमानस्थलको स्तरोन्नतीमा सरोकारवाला निकायको ध्यानै गएन ।

७. काठमाडौंको कोटेश्वर –जडीबुटी सडकखण्ड निर्माण निषेधाज्ञाले प्रभावित, तोकिएकै समयमा निर्माण सम्पन्न नहुने ।

८. आफूहरुलाई कोरोना विरुद्धको खोप लगाइनुपर्ने पेट्रोलियम ट्यांकर चालकको सरकारसँग माग,खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चेतावनी ।

९. अवैध मदिरा बरामद गर्न खोज्दा धनुषामा प्रहरीमाथि ढुंगा प्रहार,तीनजना प्रहरीको नियन्त्रणमा ।

१०. दाङमा ८ हजार भन्दा बढी जेष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप, ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकले खोप पाए ।

११.आइतबार नेपाली शेयर बजाुमा नयाँ रेकर्ड कायम,नेप्से हालसम्मकै उच्च बिन्दुमा, २० अर्व बराबरको कारोबार ।

१२. सरकारले विज्ञापन व्यवसायीलाई उपेक्षा गरेर एकद्वार नीति लागू गर्न खोजेको भन्दै व्यवसायीको विरोध,कानुन विज्ञापन व्यवसायमिैत्री बनाउन माग ।

१३. म्यानमारका आप्रवासीद्वारा बेलायतमा जी सेभेन राष्ट्रको सम्मेलन स्थल अगाडि प्रदर्शन,म्यानमारमा सैनिक शासन हटाएर प्रजातन्त्र स्थापनाका लागि सघाउन आग्रह

१४. चीनको शियान शहरमा ग्याँस विष्फोटमा परेर १२ जनाको मृत्यु, १ सय जना भन्दा बढी घाइते,३९ को अवस्था गम्भीर ।

१५. युरोकप फुटबलमा आज नेदरल्याण्ड्सले युक्रेनको सामना गर्दे, युक्रेनलाई हराएर आफ्नो पूरानो शाख जोगाउने नेदरल्याण्ड्सको दाउ ।

https://www.facebook.com/lokpath/videos/961893044351920

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?