जसपालाई मिल्नै पर्ने बाध्यता, आयोगले दुवै पक्षको कारवाहीलाई दिएन मान्यता

लोकपथ
63
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र चलेको कारवाहीको होड कानुनी रुपमा मत्थर भएको छ ।

आइतवार निर्वाचन आयोग नेपालले जसपाको दुवै पक्षको कारवाही कानून बमोजिम नभएको बताएसँगै दुवै पक्षलाई मिल्नुपर्ने बाध्यता आइपरेको छ ।

आयोगमा आज बसेको बैठकले दुवै पक्षको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको हो ।

‘तथ्य, आधार कारण र कानुनी व्यवस्थासमेतको आधारमा जनता समाजवादी पार्टी, नेपालको अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष ठाकुर कार्यकारिणी समितिका सदस्यहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध आएकोमा माग बमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न मिलेन राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (६०) बमोजिम सो दलको

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई कारवाही गरेपछि यादव पक्षले पनि महन्थ पक्षलाई कारवाही गरेको थियो । दुवैले आयोगमा कारवाहीको पत्र पठाएका थिए । तर आयोगले दुवै पक्षको कारवाहीलाई मान्यता नदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?