यस्तो छ एमाले स्थायी समिति बैठकको निर्णय

काठमाडौं, २१ असोज–शनिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने ३ दलको मंगलबारको सहमतिलाई अनुमोदन गर्दै स्वागत गरेको हो ।बैठकले ती सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । लचिलो र जिम्मेवार ढंगले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमतिलाई कार्यान्वयनमा लैजान प्रभावकारी कदम चाल्ने निर्णय गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?