काठमाडौं । काठमाडौं उपत्यकामा केहि सहज बनाउँदै निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।
आज उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुले थप खुकुलो बनाउँदै निषेधाज्ञा असार ७ गतेसम्म लम्ब्याउने निर्णय गरेका हुन् ।
जसअनुसार बिहान ९ बजेसम्म खोल्न पाइने किराना तथा खाद्यन्न पसल ११ बजेसम्म खोल्न पाइने भएको छ । भने हार्डवेयर र निर्माण सामाग्रीको पसल समेत सञ्चालन गर्न पाइने भएको हो । तर सार्वजनि तथा निजी सवारी साधन भने सञ्चालनमा रोक लगाइएको छ ।
त्यसैगरी वैदेशिक अध्ययन तथा ईडीभी का कारण विदेशमा जानुपर्ने व्यक्तिहरुका लागि कुटनैतिक नियोग तथा अन्य निकायबाट हुने भिषा प्रक्रियाका कार्यहरु सञ्चालन गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । त्यसैगरी विदेश जानेहरुका लागि भने स्वास्थ्य मापदण्डा पालना गरि कुटनीतिक नियोगले आवश्यक परीक्षा तथा अन्तर्वार्ता लिने व्यवस्था गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया