उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ७ पानीतारे स्थितमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका ८ धितुङ का २२ वर्षीय सरोज राई रहेका छन् ।
आज दिउँसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमानै मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै कानुनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया