उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने प्रशासनको निर्णय, कुन-कुन क्षेत्र खुकुलो बनाइयो ?

लोकपथ
1.7k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बिने भएको छ ।

आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केहि खुकुलो बनाउँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जारी निषेधाज्ञामा पुस्तक पसलहरु समेत खोल्न दिने साथै खाद्यन्नको पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले लोकपथलाई जानकारी दिए ।

‘पहिले भन्दा केहि सहज बनाउँदै निषेधाज्ञा जारी राख्ने निर्णय गरेका छौँ । जसमा बिहान ११ बजेसम्म खाद्यन्न र पुस्तक पसल खोल्न पाइनेछ । त्यसै गरी निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।’ लोकपथसँग उनले भने- ‘बर्खाको मौसम आउन लागेकाले कृषि कार्यलाई सहजीकरण गर्न दिने समेत निर्णय आजको बैठकले गरेको छ।’

उनका अनुसार तर सार्वजनिक यातायात सञ्चालनबारे अहिलेसम्म कुनै निर्णय भएको छैन ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । जारी निषेधाज्ञा आज बाट सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?