उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी, पहिले भन्दा खुकुलो हुने

लोकपथ
546
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिने भएको छ ।

कोरोना महामारीको जोखिम कायमै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप गर्न लागिएको हो ।

केहि खुकुलो बनाएर निषेधाज्ञा थप गर्न लागिएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुन्डिराज निरौलाले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार केहिबेरमा तीनै जिल्लाका सीडीओहरुको बैठक बसेर त्यसबारे निर्णय गर्न लागिएको हो ।

‘थप एक साता निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । केहिबेरमा बैठक बसेर त्यसबारे निर्णय गर्दैछौँ । पहिले भन्दा केहि खुकुलो बनाउने तयारी भइरहेको छ ।’ उनले लोकपथसँग भने ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ गतेबाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ २२ गतेबाट जेट मसान्त सम्मका लागि थपिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?