माछा मार्न गएकी मिनालाई बाढीले बगाउँदा मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । सुर्खेतमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका-५ बस्ने ३४ वर्षीया मिना आलेको कुर्मी खोलामा आएको बाढीले बगाउँदा शनिवार दिउँसो उनको मृत्यु भएको हो ।

उनकै श्रीमान टेक बहादुर आलेसँग माछा मार्न गएकोमा अवस्थामा उक्त खोलामा बाढी आई मिनालाई बगाई लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेलकुना सुर्खेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ३ किलोमिटर तल सोही खोलाको किनारमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?