कोरोना संक्रमित भन्दा निको हुने दर बढी

RSS
70
Shares

काठमाडौं । डडेल्धुरा जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयक प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।

जिल्लाभरिमा होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी १७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एकजना मात्रै सङ्क्रमित पुष्टि भएको उनले बताए ।

सङ्क्रमितको निको हुने दर बढेसँगै जिल्ला अस्पतालका साथै स्थानीय तहले बनाएका संस्थागत आइसोलेसनका शैया खाली हुन थालेका छन् । सङ्क्रमितका आत्मबल उच्च भएमा सहजै कोरोनालाई जित्न सकिने निको भएकाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?