गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

लोकपथ
325
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तन भएपछि घिमिरेले राजीनामा दिएका हुन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

घिमिरेले तीन वर्ष अगाडिबाट गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?