स्याङ्जाको भालुपहाडमा पहिरो : सिद्धार्थ राजमार्ग अवरुद्ध

लोकपथ
84
Shares

काठमाडौं । शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाउँपालिका-२ स्थित भालुपहाडमा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड अवरुद्ध भएको हो ।

गत वर्षदेखि बिना मापदण्ड भालुपहाडमा राजमार्ग फराकिलो बनाउन खनिएका कारण पहिरो गएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीका अनुसार राति २ बजे ठूलो पहिरो गएको हो ।

पहिरो गएपछि राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् ।

भालुपहाडमा नयाँ वर्ष शुरु भएयता दुईपटक ठूलो पहिरो गइसकेको छ । अझै वर्षायाममा ठूलो समस्या हुने देखिएको बताइएको छ ।

अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको प्रहरीले बताएको छ । १२ बजेसम्म सडक खुल्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?