मनाङे मन्त्री बनेपछि बाबुरामले भने – रत्नाकर वाल्मिकी बन्नसक्छ, मनाङेलाई किन बञ्चित गर्ने ?

लोकपथ
399
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा जेलमा बस्नुपर्ने धेरै मान्छे सत्तामा र खुला रुपमा बस्नुपर्ने मान्छे जेलमा बसेका बताएका छन् ।

हालै गण्डकी प्रदेशको मन्त्री बनेका दिपक मनाङेले डा. भट्टराईसँग भेट गरेको तस्वीर सार्वजनिक भएसँगै यस भेट बारे विभिन्न टिकाटिप्पणी भएको थियो । यसबारे आइतवार प्रतिक्रिया दिदैँ उनले सो भेटलाई अन्यथा मान्नु नहुने बताएका छन् ।

उनले नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका र खुला रूपमा रहनुपर्ने मान्छे जेलमा रहको भन्दै आफु प्रधानमन्त्री बनेको बेला जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको भएपनि आयोगको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको बताए ।

डा. भट्टराईले रत्नाकर वाल्मिकी बनेको उदाहरण दिदैँ दिपक मनाङेले नयाँ जीवन र नयाँ भूमिका चाहेमा वन्चित गर्नु र पूर्वाग्रह राख्नु नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?