काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रि दर १४२ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४२ पैसा र बिक्रिदर ९० रुपैयाँ ८८ पैसा कामय भएको छ ।
साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ५१ पैसा, बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया