युरो कप खेल ४ : बेल्जियमको शानदार जित

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत समूह ‘बी’ को खेलमा बलियो टोली बेल्जियमले रसियालाई ३-० गोलले पराजित गरेको छ।

रसियाको घरेलु मैदान ‘सेन्ट पिटर्सवर्ग रंगशाला’मा भएको खेलमा बेलिज्यमले सहज जित प्राप्त गर्दा लुकाकुले २ गोल गरे। गए राति सम्पन्न खेलको १०औं मिनेटमा नै रोमेलु लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ३४औं मिनेटमा ‘फूल ब्याक’ थोमस मुनियरले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए। अर्का ‘फूल ब्याक’ टिमोथी कास्टान्या चोटका कारण मैदानबाट बाहिरिएपछि मुनियर मैदान प्रवेश गरेका थिए।

दोस्रो हाफको ८८औं मिनेटमा लुकाकुले खेलमा व्यक्तिगत दोस्रो खोल गरे। बलियो टोली बेल्जियमविरुद्ध कुनै पनि गोल गर्न नसक्दा रसियाले फराकिलो हार बेहोर्न पुग्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?