प्रदेश २ सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

धनुषा । कोभिड–१९ सँग लड्न प्रदेश नं २ सरकारलाई दातृ निकाय युएनडिपीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

केही दिनअघि मात्रै मुख्यमन्त्री लालबाबु राउतले युएनडिपीसहित दातृ निकायलाई कोरोना महामारी नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

सोही आग्रहअनुसार शनिबार युएनडिपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले प्रदेश सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । चन्दले शनिबार मुख्यमन्त्री राउतको उपस्थितिमा सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सहयोगवापत आएको अक्सिजन कन्सन्ट्रेटर प्रदेशका विभिन्न अस्पताललाई प्रदान गरिने मुख्यमन्त्री राउतले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?