युरो २०२० खेल २ : वेल्स र स्विट्जरल्यान्डले खेले १-१ गोलको बराबरी

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत दोस्रो खेलमा वेल्सले स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेल खेलेको छ।

भर्खरै सम्पन्न समुह ‘ए’को खेलमा स्विट्जरल्यान्डले पहिलो गोल गरेको थियो। आजरबैजानको बाकुस्थित ओलम्पिक स्टेडियममा भएको खेलको ४९औं मिनेटमा ब्रील एमबोलोले स्विट्जरल्यान्डका लागि पहिलो गरेका थिए।

जेर्दान शकीरीको कर्नर किकमा एमबोलोले हेडर गोल गर्दा स्विट्जरल्यान्डले खेलमा अग्रता लिएको थियो। तर खेलको ७४औं मिनेटमा वेल्सका स्ट्राइकर किफर मुरले गोल गर्दै खेल बराबरीमा पुर्‍याए।

जो मोरेलको क्रसमा मुरले हेडर गोल गर्दा वेल्स खेलमा फर्किएको थियो। खेलमा त्यसपछि कुनै गोल हुन नसक्दा दुई टोलीले समान १-१ अंक बाँडेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?