आज के-के छन् मुख्य घटनाक्रम ? हेर्नुहोस् टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
84
Shares

१. बितेको २४ घण्टामा नेपालमा थपिए ३ हजार ३८४ जना संक्रमित, ६१ जनाको कोरोना संक्रमणबाट मृत्य,ु ६ हजार २९५ जना संक्रमण

२.गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नेपाली नियुक्त, ३१ जना बहुमत सदस्यको समर्थन

३.चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र भएको भन्दै एमाले नेता महेश बस्नेत आक्रोशित, कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही माग

४.प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न बागमती प्रदेशसभा सदस्य वैद्यले दिएको धम्कीलाई अत्यन्त गम्भीर रूपमा लिएको नेकपा एमालेको भनाई, फौजदारी कानूनसमेत आकर्षित हुनसक्ने उल्लेख

५. गृहमन्त्री अधिकारीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण, आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न प्रहरीलाई निर्देशन

६.चौतर्फि विरोधपछि आफ्नै अभिव्यक्ति फिर्ता लिँदै बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले मागे माफि, आवश्यक्ता भन्दा बढी नै स्वतन्त्रता उपयोग गरेको भन्दै आत्मआलोचना

७.फेक डकुमेन्ट ल्याएर राजनीतिक बेइमानी गरिएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपालीको आपत्ति, आफ्नो दावेदारी वैधानिक रहेको दाबी

८. राउटे युवतीमाथि भएको यौन हिंसाका भिडियो युट्युबबाट हटाउन जिल्ला अदालत सुर्खेतको आदेश, युट्युबलगायतका सामाजिक सञ्जालबाट ति सामग्री हटाउन नेपाल सरकारमार्फत् विज्ञप्ति नै जारी गर्न माग

९.प्रदेश नं १, २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रियो, देशव्यापी हुन तीन दिन लाग्ने, यस वर्ष नेपालमा विगत वर्षभन्दा धेरै वर्षा हुने मौसमविद्को अनुमान

१०. सुर्खेतको वीरेन्द्रनगरमा गएराति भएको झडपमा अभियन्ता ज्ञानेन्द्र शाहीको समूहका केही सदस्य घाइते , शाहीको समूह र स्थानीयबीच झडप भएकोबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई

११. घुस लिएको ८ लाख रुपैयाँ बाटोमै फालेर फरार भएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत तीन महिनापछि घर फर्के, अख्तियारले गरेको सबै स्टिङ अप्रेशन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले राहत

१२. नेपालको शिक्षा क्षेत्र सुधार गरी श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न विश्व बैंकले दियो ६ करोड अमेरिकी डलर, कोभिडपछिको आर्थिक पुनरउत्थानमा सघाउ पुग्ने अपेक्षा

१३. कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने , १४ लाख डोज खोपलाई पहिलो प्राथमिकतामा राखेर पहल भइरहेको जानकारी

१४. सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलनमा उत्रिए, २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने माग

१५. र, फिफा वरियतामा ४१ औं स्थानमा रहेको अस्ट्रेलियाविरुद्धको खेलबाट नेपालले धेरै कुरा सिक्ने मौका पाएको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रतिक्रिया, भन्छन्, नेपाली लडाकु हुनुमा गर्व गर्छु

https://www.facebook.com/lokpath/videos/325604539055015

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?