२०७८,श्रावण,१०,आईतवार

प्रविधिसँग जोडिँदै पुस्तक : अब यसरी सुन्न सकिन्छ

२०७८,जेष्ठ,२९,शनिवार १९:२८


काठमाडौं । पुस्तकलाई प्रविधिसँग जोड्दै यसको उपलब्धताका प्रवर्द्धनमा लागेको ‘थुप्रै डट कम’ले पढ्न सकिने ईबुक र सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । ‘थुप्रै डट कम’को वेबसाइट र ‘थुप्रै’ नामक मोबाइल एपबाट यस्ता पुस्तक कम मूल्यमा खरिद गरी सुन्न सकिनेछ ।

सुन्ने पुस्तक विगतमा सिडी, रेडियो, युट्युब लगायतका माध्यमबाट उपलब्ध भए पनि प्रकाशक, लेखक तथा वाचकलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमा पु¥याउने उपाए थिएन । ‘थुप्रै डट कम’ले शुरुआत गरेको वास्तविक अडियोपुस्तक (अडियोबुक)को परिकल्पना नेपालमा अडियोबुकको प्रबद्र्धनको लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।‘अनलाइन अर्डर’ लिएर घरघरमा पुस्तक पुर्‍याउने सेवाबाट शुरुआत भएको ‘थुप्रै डट कम‘ले गतवर्षका लकडाउनमा ईबुकको सेवा शुरु गरेको थियो । ‘थुप्रै’का सहसंस्थापक दिपेश आचार्यले यसपटक ‘थुप्रै’ले सुन्न मिल्ने पुस्तकको प्रकाशन र खरिद गर्न मिल्ने व्यवस्था आफ्नो वेबसाइट तथा एपमा थपेको जानकारी दिए। यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्नेछ भने पाठकहरूका लागि पनि सहज माध्यम बन्ने विश्वास गरिएको उनले बताए।

अडियोबुकले पठन संस्कृतिको विकासमा थप सहयोग पुग्ने बताइएको छ । कामको व्यस्तताले पुस्तक पढ्न चाहे पनि समय निकाल्न नसक्नेका लागि अडियोबुक उपयुक्त हुनेछ । छापिएका पुस्तक किन्नुभन्दा अडियोबुक सस्तो पर्दछ र अनलाइनमाध्यमबाट किन्नासाथ तुरुन्तै सुन्न सकिन्छ ।

कार्यालय आवतजावत गर्दा, गाडी चलाउँदा र बसमा यात्रा गर्दा समयको उपयोग गरेर अडियो पुस्तक आरामले सुन्न सकिने सहव्यवस्थापक आचार्यले जानकारी दिए। घरायसी काम वा व्यायाममा व्यस्त हुनेहरूको लागि पनि अडियोबुक त्यत्तिकै सुविधाजनक छ ।

दृष्टिविहीन र आँखाका समस्या भएकाहरूका लागि पनि अडियोबुक उपयुक्त विकल्प हुनसक्दछ । नेपाली भाषा बोल्न र बुझ्न सक्ने तर नेपाली पढ्न र लेख्न नसक्ने आप्रवासी नेपालीका लागि पनि अडियोबुक गज्जबको माध्यम बन्न सक्दछ । अडियो बुकका रूपमा शुरआतमा केही पुस्तक तयार गरिएका छन् । वरिष्ठ कविहरु माधवप्रसाद घिमिरे, ईश्वर वल्लभ, दिनेश अधिकारी, हरिहर अधिकारी ‘श्यामल’ दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, सुजीव शाक्य र जीवनकुमार प्रसाईं लगायतले आफ्नै आवाजमा आफ्नो कृतिको वाचन गर्नुभएको छ । रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका कृति पनि उपलब्ध छन् ।

‘थुप्रै’ले यो सेवा नेपालय, दृश्य, कथालय, किताब पब्लिसर्स, सांग्रिला बुक्स, फिनिक्स बुक्स, बुल्बुल पब्लिकेशन, अक्षर क्रिएशन लगायतका प्रकाशन गृहसँगको सहकार्यमा शुरु गरेको जनाइएको छ । यस सहकार्यलाई अगाडि बढाउँदै निरन्तररुपमा नयाँ अडियोबुक थप्दै जाने योजना रहेको ‘थुप्रै’का सहसंस्थापक आचार्यले जानकारी दिए । उनले हाललाई प्रति अडियोबुक एक सय रूपियाँको हाराहारी पर्ने जानकारी दिए।

नेपालमा रहेका पाठकहरुले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिगमार्फत अडियोबुक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् । यसरी खरिद गरेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्पुटरबाट सुन्न सकिने छ । यात्राको बेला ब्लुटुथ वा एण्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारी साधनमा पनि अडियोबुक सुन्न सकिनेछ अडियोबुक ‘थुप्रै’को वेबसाइट र ‘थुप्रै’ मोबाइल एपमार्फत उपलब्ध छन् ।

प्रकाशित मिति: २०७८,जेष्ठ,२९,शनिवार १९:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। सेयर बजारमा आज कारोबारको पहिलो दिन नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा रोकिएको छ । कारोबारमा आएका २

काठमाडौं। नेपाल राष्ट्र बैंकले साउन १० गते आइतबारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आजका लागि

काठमाडौं । नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको

काठमाडौं- नेपालको मुटु काठमाडौँ, अनि काठमाडौँको मुटु असन। सबैभन्दा पुरानो यो बजारका साहुजीहरू फेरिए, ग्राहकहरू फेरिए । व्यापारका कतिपय सामान

ताजा समाचार