करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

लोकपथ
77
Shares
file photo

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चोकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई श्रीमान र श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ वर्षीय हेमसेर राई र निजकै श्रीमती २३ वर्षीया सर्मिला राई रहेका छन् ।

आज बिहान ६ बजे स्थानियले घर नजिकै खार्सल खोलामा मृत अवस्थामा फेला परे पछी प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गएको थियो । घटनास्थलमा उनिहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको थियो ।

उनिहरुले गत रातीको समयमा खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

कोठामा उनीहरुहरुको ४ वर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?