युरो कप २०२० : आजका तीन खेल

काठमाडौं। युरो कप २०२० अन्तर्गत आज बेलुका तीन खेल खेलिंदै छन्।

समुह ‘ए’बाट दुई टोली र समुह ‘बी’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२:४५ मा ‘किकअफ’ हुने तालिका रहेको छ।

आजका तीन खेल

१) वेल्सविरुद्ध स्विट्जरल्यान्ड

समुह: ए
नेपाली समय: साँझ ६:४५
स्थान बाकु: ओलम्पिक स्टेडियम, आजरबैजान
दर्शक: ३४,५०० (अपेक्षित)
प्लेयर्स टू वाच: ग्यारेथ बेल (वेल्स), जेर्दान शकिरी (स्विट्जरल्यान्ड)

 

२) डेनमार्कविरुद्ध फिनल्याण्ड

समुह: बी
नेपाली समय: बेलुकी ९:४५
स्थान: टेलिया पार्क, कोपनहेगन, डेनमार्क
दर्शक: ११,०००-१२,००० (अपेक्षित)
प्लेयर्स टू वाच: क्रिस्टियन एरिक्सन (डेनमार्क), टिमु पुकी (फिनल्याण्ड)

 

३) बेल्जियमविरुद्ध रसिया

समुह: बी
नेपाली समय: मध्यरात १२:४५
स्थान: सेन्ट पिटर्सवर्ग स्टेडियम, रसिया
दर्शक: ३४,००० (अपेक्षित)
प्लेयर्स टू वाच: रोमेलु लुकाकु (बेल्जियम), एलेक्जेन्डर गोलोविन (रसिया)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?