अभिनयले समाजमा घुलमिल गराउँछ (फाेटाेसुट)

शंकरदेव क्याम्पसमा बिजनेस म्यानेजमेन्टमा ‘सिक्स्थ सेमेस्टर’ पढ्दै गरेकी निशा आचार्यको रुचि भने अभिनयकै क्षेत्रमा छ ।


पढाइबाट पाएको ज्ञानले व्यापार व्यवसाय गर्न सहयोग गरिहाल्छ नै तर आफूले इच्छाएको क्षेत्रमा केही गर्न पाएमा सन्तोष हुने उनी बताउँछिन् ।


दोलखा थातथलो भएकी निशा अहिले परिवारका साथ काठमाडौँ बस्दै आएकी छिन् । उनको घरमा आमा, बुवा र दिदी मात्र रहेका छन् । सानोमा उनले नाचेको देखेर आमा र दिदीले निकै हौसाउने गर्थे । उनीहरूको हौसलाले उनलाई नाच्नमा निकै रहर जाग्यो, उनले नृत्यको प्रशिक्षण पनि लिइन् । घरमा कोही पनि म जस्तो नाच्ने नभएको कारणले गर्दा नै परिवारले मलाई हौसला दिएको जस्तो लाग्छ निशा भन्छिन् ।

अभिनयले समाजमा चाडै घुलमिल गराउँछ भन्ने लागेरै उनलाई अभिनयको चस्का पसेको उनी बत्ताउँछिन् । अभिनय मार्फत समाजमा धेरै किसिमको परिवर्तन गर्न सकिन्छ भन्ने उनलाई लाग्छ । त्यसैले उनले गत वर्ष देखि नै अभिनयको प्रशिक्षण लिने प्रयास गरिन् । एक पटक थिएटरमा गएर अभिनयको भर्ना हुन जाँदा सिट सकिसकेको रहेछ । त्यसपछि कोरोना सङ्क्रमण फैलिएको कारण उनको इच्छा अझै अधुरो रहेको छ । निशा भन्छिन्– अनुकूल हुने बित्तिकै म अभिनय सिकेर कलाकार नै बन्छु ।


५ फिट ३ इन्च अग्ली निशा आफूलाई अहिले अभिनयको स्ट्रग्लिङ फेजमा छु भन्ने ठान्छिन् । अभिनयमा आउनलाई उनले फोटोसुट पनि बेला बेलामा गर्छिन् । उनको फोटोहरूलाई हेरेर साथीहरूले पनि अभिनयमा जान हौसाइ रहेका हुन्छन् । अभिनयमा ब्याचलर मात्र गर्न पाएपनि मलाई अभिनयको ढोका खुल्थ्यो कि भन्ने लागिरहेको छ –निशा भन्छिन् ।


फुर्सदमा डान्स गर्न मन पराउने निशालाई फरक किसिमका मानिसहरूसँग कुराकानी गर्न पनि उत्तिकै मन पर्छ । यस्ता कुराकानीले अरूको अनुभव, स्ट्रगल थाहा हुन्छ उनी भन्छिन् । यो बाहेक उनको रुचि भनेको घुम्ने पनि रहेको छ ।


जन्म थलो दोलखा र कर्मथलो काठमाडौँ मन पराउने निशालाई पोखरा र मुस्ताङ पनि उत्तिकै मनपर्छ । तर पनि उनलाई अलि टाढा कुनै प्राकृतिक ठाउँ भएमा घुम्न औधी मन पर्छ ।


गुलियो खानेकुरा खासै मन नपराउने निशालाई नेपाली खाना नै बढी मनपर्छ । यो बाहेक उनको प्रिय खानामा ममः पनि पर्छ । साथीहरूसँग ह्याङ आउट हुँदा उनी स्ट्रिट फुड पनि चाख्छिन् । निशा भन्छिन् म डाईटिङ खासै गर्दिन तर एक्सरसाइज भने गर्छु ।


क्याजुयल ड्रेस नै कन्फरटेवल लाग्ने निशालाई गाउन, वान पिस लुगा लगाउन पनि औधी मन पर्छ ।


तस्विरहरूः महेश प्रधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?