प्रहरी मेसमा प्रहरी जवानसँगै गृहमन्त्रीले खाना खाएपछि

काठमाडौँ, ७ चैत- गृहमन्त्री रामबहादुर थाप‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानहरुसँग साथै खाना खाएका छन ।बिहान १०:१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेकाका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण् गरेका थिए ।सबै निरीक्षण सकेपछि उनले मेशको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेशतर्फ लागे । त्यहाँ खानाखाईरहेको प्रहरीहरु हतारहतार उठ्न खोज्दै थिए। उनले बसेर खाईराख्न आग्रह गरे ।सो लगत्तै भान्सामा पुगेर ‘हामीलाई पनि यही खाना खान्छौं, पुग्छ ’ भने प्रश्न गरे ।उनको प्रश्नबाट अकमकिएकाहरुले सुरुमा त विश्वाँस मानेनन् । पुग्छ हजुर भनेर जवाफ दिए । ‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् ’ भन्दै गृहमन्त्री बादल पहिले खाना खाईरहेको प्रहरीहरुसँग साथै बसे ।उनको साथमा प्रहरी जनाव चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली, हवल्दार खड्क बहादुर थापा र अर्का एक प्रह्री जवानले साथै खान खाए ।गृहमन्त्रीको स्वकिय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुख अपिल बोहराले पनि साथै खाना खाए ।दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो ।गृहमन्त्री आउने जानकार नभएरै खानामा मासु पाकेको थिएन । गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन् ।सो लगत्तै वृत्तका प्रहरीहरुलाई निर्देशन दिँदै उनले जनताको जिउ,धनको सुरक्षाका लागि दत्त चित्त भएर लाग्न आग्रह गरे ।सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफु जानकार रहेको भन्दै गृहमन्त्री बादलले त्यो असमानता हटाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?