प्रतिबन्धित औषधीसहित १ जना पक्राउ

लोकपथ
252
Shares

मोरङ । प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पूर्व बसपार्क नजिकबाट प्रतिन्धित औषधीसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१ वर्षीय सुमन दमाई रहेका छन् ।

गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी Tramadol १७० क्याप्सुल र Spaspain २०० क्याप्शुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दमाईविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?