ईलाम । आफ्नै श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङ रहेका छन् ।
शुक्रवार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटीमा काटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोली खटिगई उनलाई नियन्त्रणमा लिएको हो ।
घटना घरयासी विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया