कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने

लोकपथ
1.8k
Shares

काठमाडौं । कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने भएको छ ।

कोभ्याक्सले नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड तथा अस्ट्राजेनेकाद्वारा विकसित खोपका केही डोज एक सातापछि उपलब्ध गराउने जानकारी दिएको हो । कति डोज दिने भन्ने यकिन नभएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले भने, ‘खोप दिने संकेत गरेको छ तर कति दिने भन्ने यकिन छैन ।’ उनको अनुसार कोभ्याक्सलाई खोप प्राप्त भएपछि विश्वभरि वितरण गर्ने क्रममा नेपालको भागमा जति आउँछ, त्यति नै दिने हो ।
कोभिसिल्डको पहिलो डोज खोप लगाएर बसेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिने विषय चुनौतीपूर्ण बनेपछि खोप समितिले सम्भव भएजति सबै ठाउँमा पहल गरिरहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले बताए । ‘१४ लाख डोज खोपलाई पहिलो प्राथमिकतामा राखेर पहल भइरहेको छ’, उनले भने ।

भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले दिनुपर्ने १० लाख डोज र थप खोपका लागि पनि पहल भइरहेको उनले बताए । उता अमेरिकाले नेपाललाई दिने भनेको खोपमा पनि त्यहाँको प्रक्रियाका कारण ढिलाइ भएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?